Friday, October 20, 2017

स्कुलमा बम आतंक मच्चाउने समुह कुन हो

प्रकाशित मिति: 2016/09/20

असोज ४, काठमाडौं । मंगलबार बिहानै राजधानीका आधा दर्जन स्कुलमा बम आतंक मच्चाउने संगठनका कमाण्डर सिन्धुलीका मिन देवकोटा भएको खुलेको छ । देवकोटा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय संयोजक रहेको प्रारम्भिक तथ्य फेला परेको काठमाडौं प्रहरीले बताएको छ ।
‘संगठनका संयोजक मिन देवकोटा हुन्’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले भने, ‘उनकै समुहले बम आतंक मच्चाएको खुलेको छ ।’

त्यस्तै मिनका अर्का सहकर्मी हुन् सुमन श्रेष्ठ हुन् । आजभन्दा दुई महिनाअघि स्कुलको गाडी जलाएको आरोपमा पक्राउ परेकाहरुले आफ्ना कमाण्डर मिन र सुमन हुन भन्दै नाम पोलेका थिए ।

मिन र सुमनको समुह करिब ६ महिनाअघि मात्रै राजधानीमा आपराधिक गतिविधिमा सक्रिय भएका थिए । ‘करिब ६ महिनादेखी यो समुह राजधानीमा सक्रिय भएको खुलेको छ’ एसपी कार्कीले भने, ‘यो कुनै पोलिलिटकल समुह हैन, विशुद्ध आपराधिक गिरोह हुन् ।’
बम आतंक मच्चाएसँगै मिन र सुमनलाई पक्राउ गर्न उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

 

तपाईंको बिचार