Sunday, March 26, 2017  |    

पाल्पामा छैठौ धाम निर्माण सुरु

प्रकाशित मिति: 2016/09/20

पाल्पा । आध्यात्मिक जागरणको माध्यमबाट पाल्पा जिल्ला र समग्र नेपालकै धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित पाल्पामा छैठांै धाम निर्माणको लागि तानसेन टुडिखेलमा गणेश धार्मिक महामहोत्सव २०७३ सुरु भएको छ ।
हालसम्म पाँचवटा धाममात्र निर्माण भएको छ । पण्डित नेत्र पराजुली र सपना श्रेष्ठले कथा वाचन गर्ने सो महापुराण कार्यक्रममा सवा करोड दिप प्रज्वलन गरिने छ । राष्ट्रिय भजन प्रतियोगिता, धार्मिक तथा आध्यामिक हाजिरीजवाफ प्रतियोगिता गरी आध्यात्मिक भावना जागरण गराउन लागिएको होमस्टे एसोसियसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्यालले जानकारी दिनुभयो । विश्वकै छैठौ धाम पाल्पामा हुँदा पर्यटन तथा धार्मिक हिसावमा नेपालको समग्र पहिचानमा बल पु¥याउने बस्यालले बताउनु भयो ।
महायज्ञ कार्यक्रमको समापन गर्दै टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका महासचिव कर्ण लामाले पाल्पाको पहिचान छैठौ धामले धार्मिक सँगै आध्यामिक हिसावमा समेत पाल्पालाई जोडेकोले पर्यटन पूर्वाधारहरुको विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले सो धामको निमार्णलाई सघाउ पु¥याउन रु. पचास हजार एक रुपैयाको आर्थिक सहयोग समेत गर्नु भएको थियो । कार्यक्रममा टानका तारानाथ लामिछानेले सञ्चार माध्यमबाट यसको चौतर्फी प्रचार प्रसार गर्न स्थानिय र राष्ट्रिय मिडियाहरुलाई परिचालन गर्नु पर्ने बताउनु भयो । असोज १५ गते कार्यक्रमको समापन हुनेछ ।

 

तपाईंको बिचार