Saturday, July 29, 2017  |    

अदालतसँग लोकमानको कुरा मिलिसक्यो :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/09/21

आश्विन ५, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र  सर्वोच्च अदालतबीच पनि कुरा मिलिसकेको आफुले थाहा पाएको बताएका छन् ।
मंगलबार लाजिम्पाटस्थित पार्टी हेर्डक्वार्टर बैठकमा लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया बारे पार्टी नेताहरुलाई जानकारी दिने क्रममा दाहालको उक्त भनाई बाहिर आएको हो ।
अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले माओबादी पार्टीबाट केही सहयोग होला भन्ने अपेक्षा राखेको र आफु केही नभनी भारत भ्रमणमा हिँडेपछि अदालतको कुरा मिलाइदिएन भन्ने उनको असन्तुष्टि देखियो बैठकमा दाहालको भनाइ उद्धृत गर्दै माओवादी स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्तिको योग्यतासम्बन्धी विषयमा भएको फैसलाको पुरावलोकन गर्ने निर्णय गरेकै दिन अख्तियारले लडाकु शिविर अनियमितताको छानबिन प्रक्रिया अघि बढाउने बताएको थियो ।
माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर बैठकमा आइतबार सकिएको प्रधानमन्त्रीको भारत भ्रमणबारे अरू नेताले धारणा तथा समीक्षा राखेको भुसालले जानकारी दिइन् ।   

 

तपाईंको बिचार