Friday, October 20, 2017

शुक्रबारदेखि घाम लाग्छ

प्रकाशित मिति: 2016/09/21

आश्विन ५, काठमाण्डौ । देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको छ । उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा न्यूनचापीय क्षेत्र र मध्यमा न्यूनचापीय रेखाको प्रभावले बद्लीसँगै वर्षात् भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षात् भएको छ, भने सुदूरपश्चिममा कुनै प्रभाव छैन । मङ्गलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलले उल्लेख गरे ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौँमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ ।
 

 

तपाईंको बिचार