Wednesday, June 28, 2017  |    

अस्पताल भवन भत्कियो

प्रकाशित मिति: 2016/09/23

असोज ७, खोटाङ । नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङको प्रशासन भवन भत्किएको छ। भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा भित्ताबाट सुरु भएको पहिरोले तानेपछि अस्पतालको प्रशासन सञ्चालन हुँदै आएको चारकोठे भवन भत्किएको हो।

स्काभेटर प्रयोग गरेर घडेरी सम्याउने क्रममा पानी उब्जिएर भित्ता झर्न थालेपछि अस्पतालको थप दुईवटा शौचालय र शव परीक्षणगृहसमेत जोखिममा परेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउने गरी खानी निर्माण सेवा प्रालिले भवन निर्माणको काम थालेको थियो।

ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पतालको प्रशासन भवन भत्किएको अनुमान गरिएको छ। अस्पतालमा सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाखको लागतमा कार्यालय प्रयोजनका लागि अढाइ तले भवन बनाउन लागिएको हो। रासस

तपाईंको बिचार