Wednesday, August 23, 2017

पोखरामा बसपार्कका लागि छुट्याएको स्थानमा बाँस्तोला कम्प्लेक्स बन्दै

प्रकाशित मिति: 2016/09/24

काठमाडौं, ८ असोज । चार दशक भयो पोखराको पृथ्वीचोकमा व्यवस्थित बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण भएको । तर, त्यसबेला छुट्टाईएको दुई सय पाँच रोपनी जग्गा अहिले ८१ रोपनीमा खुम्चिएको छ । विभिन्न समयमा शक्ति र पहुँचका आधारमा बसपार्क क्षेत्रका लागि छुट्याइएको जग्गा अतिक्रमण हुदै आयो । त्यसको पछिल्लो उदाहरण बनेको छ बास्तोला कम्पेल्क्स । 

बसपार्क क्षेत्रका लागि छुट्याएको सरकारी जग्गामा ३४० बटा सटरको व्यापारक भवन विना स्विकृती निर्माण भइरहेको छ । यसरी अनाधिकृत रुपमा बन्न लागेको कम्प्लेक्स हटाउन उपत्यका नगर विकास समिति र पोखरा उप–महानगरपालिका कार्यालयले पटक पटक सूचना प्रकाशित गर्दा समेत निर्माणको काम चलिरहेको छ । 

बसपार्क निर्माण गर्न भनि २०६० सालमा सुकुम्बासी र २०६९ मा साना फुटपाथ पसल हटाइपनि अहिले सोही क्षेत्रमा व्यवसायीक महल निर्माण भइरहेको भन्दै बसपार्क बचाउन बास्तोला कम्प्लेक्स हटाउ संघर्ष समिति पोखरा गठन गरिएको छ । समितिका संयोजक युवराज खतिवडाले जुन सुकै हालतमा बाँस्तोला कम्प्लेक्स हटाउनुपर्ने बताउनुभयो । उहाँले सरकारी जग्गा हडपेर बनाइएको उक्त कम्प्लेस नहटाए सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

 


  

 

तपाईंको बिचार