Wednesday, April 26, 2017  |    

नेताहरु भारतीय दूताबासमा भीख नमाग :नारायणकाजी

प्रकाशित मिति: 2016/09/25

असोज ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका राजनीतिक दल र नेताहरुमा बाहृय शक्तिमुखी प्रवृत्ति देखिएको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी नेता श्रेष्ठले नेपालका राजनीतिक दलहरुले बाहृय हस्तक्षेप स्वीकार गर्ने र कतिपय बेला आमन्त्रण गर्ने प्रवृत्ति देखिएको बताए । उनले भने, यो प्रवृत्तिले नेपाललाई एकतावद्ध गर्दै सम्बृद्धिको दिशामा लैजान सक्दैन ।’
नेपाली जनताले आफूलाई सार्वभौमसत्ता सम्पन्न बनाउन र त्यसको अभ्यास गर्न र संविधानसभाबाट बन्ने संविधानलाई संस्थागत गर्न ठूलो संघर्ष गरेको श्रेष्ठले बताए । जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल र नेताहरुले जनतामा निहीत सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्ने सामथ्र्य र क्षमता देखाउन नसकेको उनले बताए । पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भने, यसमा गम्भीर हुन जरुरी छ । बाहृय शक्तिमुखी प्रवृति अन्त्य हुनुर्पयो र नेपालका बारेमा नेपालीहरुले नै फैसला गर्ने दृढता र क्षमता प्रदर्शन गर्न सक्नुर्पयो ।’

धेरै नेताहरुले सन्तुलित परराष्ट्र नीति भन्न थालेको भन्दै श्रेष्ठले  एउटा छिमेकीले हस्तक्षेप गरेको छ, अर्कालाई पनि अलिकति दिउँ भनेको हो प्रश्न गरे ।

नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर पारस्परिक सम्मान र समानतामा आधारित भएर छिमेकीहरुसँग असल मैत्रिपूर्ण सम्वन्ध कायम राख्ने नीति हुनु पर्ने उनको जोड छ ।

लिपुलेकबारे चीनसँग कुरा उठाउने आफू पहिलो नेपाली नेता भएको दाबी गर्दै श्रेष्ठले भने, ‘मै हुँ नेपाली नेता, जसले चिनियाँ राजदूतलाई बोलाएर तुरुन्त सच्याउ भने ।’ नेपालको भूमि भएको दाबी हुँदा चीनले भारतसँग सम्झौता गर्न नहुने उनले बताए ।

 

तपाईंको बिचार