Friday, March 24, 2017  |    

घिमीरेलाई खोज्न बंगलादेशबाट गोताखोर ल्याउँछौ :रमेश लेखक

प्रकाशित मिति: 2016/09/26

असोज १०, चितवन । यातायातमन्त्री रमेश लेखकले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइहरुको खोजी कार्यलाई तिव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
घिमिरेले चलाएको कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा घिमिरेसहित तीन जना वेपत्ता भएका छन् । दुर्घटनामा घिमिरेकी आमासहित तीन जनाको मृत्यु भएको थियो
मन्त्री लेखक सोमबार विहान घिमिरे दुर्घटनामा परेको स्थलको अवलोकन गर्न र खोजी कार्यबारे बुझ्न चितवन आएका छन् । उनले उद्धार टोलीमा परिचालित सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई खोजीमा सम्भव सबै उपाय अलवम्बन गर्न निर्देशन दिए ।
दुर्घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले बंगलादेशबाट गोताखोरहरु मगाएर भए पनि घिमिरेलगायत वेपत्ता व्यक्तिहरुको खोजी गर्ने बताए ।

 

 

तपाईंको बिचार