Wednesday, March 29, 2017  |    

संविधान कार्यान्वयन तथा निर्देशन समिति बनाउन सभामुखको प्रश्ताब

प्रकाशित मिति: 2016/09/26

असोज १०, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलहरुसमक्ष महाअभियोग सिफारिस समिति तत्काल गठन गर्ने प्रस्ताव गरेकी छन् ।
सोमबार प्रमुख दलहरुको बैठक बोलाएर उनले महाअभियोग सिफारिस सहित तीन समिति गठनको प्रस्ताव राखेकी हुन् ।
संविधानको धारा १०१ मा महाअभियोगसम्वन्धी व्यवस्था छ । कुनै व्यक्तिविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण भएनभएको छानविन गरी सिफारिस गर्न महाअभियोग सिफारिस समिति बनाउने उपधारा ३ मा उल्लेख छ ।

यस्तो समिति ११ सदस्यीय हुनेछ । सभामुखले संसदमा दलहरुको उपस्थितिका आधारमा प्रतिनिधित्व हुने गरी समिति गठनको प्रस्ताव राखेकी हुन ।
सभामुखले संविधान कार्यान्वयन तथा निर्देशन समिति र आचरण अनुगमन समिति गठनको प्रस्ताव राखेकी छन् ।
यसबारे संसद सचिवालयले गृहकार्य गर्ने र १३ गतेको बैठकमा थप छलफल गर्ने सहमति भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
 

 

तपाईंको बिचार