Thursday, March 23, 2017  |    

नेपाल एयरलाइन्सको विमानमा आकस्मिक धुवाँ

प्रकाशित मिति: 2016/09/26

असोज १०, काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।
लगतै चालकदलले ३ बजेर २५ मिनेटमा काठमाडौं टावरलाई सम्पर्क गरी जहाजमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेको एयर ट्राफिक कन्ट्रोलले बताएको छ । यसलगत्तै आकस्मिक अवतरण गर्ने निर्णय लिइएको विमानस्थल स्रोतले जनाएको छ । विमानलाई सुरक्षित अवतरण गराउन फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो भने सबै उडान पनि रोकिएको थियो यसका साथै अवतरणका क्रममा धावनमार्गमा दमकल, एम्बुलेन्स लगायतका आवश्यक सबै तयारी गरिएको थियो । विमानमा रहेका सबै यात्रु सकुशल छन ।

 

तपाईंको बिचार