Wednesday, November 22, 2017

राज्यपुर्नसंरचना गलत भएको भन्दै मधेसी मोर्चाद्धारा आन्दोलनको चेतावनी

प्रकाशित मिति: 2016/09/27

असोज ११, काठमाडौं । मधेसी मोर्चाले राज्य पुर्नसंरचना गर्दा तत्कालीन जिल्ला विकास ईकाइहरुलाई नै केन्द्रविन्दु बनाएर स्थानीय तहको पुनर्संरचना गरिएको भन्दै सहमतिप्रति आपत्ति जनाएको छ ।

 

व्यवस्थापिका सांसदको मंगलबारको बैठकमा मोर्चामा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगिलाल रायले तीन दलको सहमतिप्रति आपत्ति जनाए ।
इलाकालाई ब्यूँताउने सहमतिले मधेसलाई फेरि अन्यायमा पार्ने भन्दै उनले यसो भए मधेसमा फेरि आन्दोलन हुने चेतावनी दिए ।
सांसद रायले प्रदेशहरुको सीमांकनको विषय टुंग्याएरमात्र स्थानीय तह पुनर्संरचना गर्नुपर्ने र जनसंख्याका आधारमा स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग समेत गरेका छन् ।

 

तपाईंको बिचार