Sunday, December 17, 2017

धादिङको मार्पाकमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु

प्रकाशित मिति: 2016/09/27

असोज ११, धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।  मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेको उनले बताए ।
दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

 

 

तपाईंको बिचार