Thursday, March 23, 2017  |    

देशको हितबिपरित कुनै काम गर्दिन :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/09/29

असोज १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्ने बताएका छन् ।
बिहिबार नेकपा माओवादी केन्द्र सम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको पहिलो एकता महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले दलहरुको विचारमा विविधता भएपनि राष्ट्रिय हित विपरित कुनै सम्झौता र प्रतिस्पर्धा हुन नसक्ने बताए ।
उनले अहिलको मुख्य चुनौती संविधान कार्यान्वयन भएको भन्दै प्रेस जगतले यसमा सहयोग गर्नु पर्ने बताए । प्रेसले सहयोग नगरे स्थिति जटिल पनि हुन सक्ने उनको धारणा थियो ।
प्रधानमन्त्री प्रचण्डले सबैलाई एकतावद्ध गर्दै संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
 

 

तपाईंको बिचार