Thursday, March 30, 2017  |    

टिकटमा व्यवसायीको दादागिरी कहिलेसम्म :रबिन्द्र अधिकारी

प्रकाशित मिति: 2016/09/30

असोज १४, काठमाडौं । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले दशैको समयमा सवारी व्यवस्थापन गर्नुको सट्टा सरकार मुखदर्शक बनेको आरोप लगाएका छन् ।
शुक्रबारको संसद वैठकमा नेता अधिकारीले दशैंमा घर जानको लागि नागरिकहरु टिकट खोजिरहेपनि व्यवसायीको दादागिरीका कारण टिकट पाउन नसकेको बताए ।
नेता अधिकारीले सिटभन्दा धेरै यात्रु चढाउन नपाए गाडी नचलाउने भन्ने व्यवसायीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकार र व्यवसायीको मिलेमतो रहेको आरोप लगाए ।
जो व्यवसायीहरुले गाडी चलाउन मान्दैनन् उनीहरुको  दर्ता र रुटपर्मिट खारेज गर्न सरकार पछि हट्न नहुने उनले बताए ।
नेता अधिकारीले दशैको समयलाई लक्षित गर्दै खोलिएका सुपथ मुल्य पलसलाई नौंटंकिको संज्ञा दिदै  त्यसका नाममा सरकारले कालोबजारीलाई प्रोत्साहन गरेको आरोप लगाए ।
 

 

तपाईंको बिचार