Saturday, April 29, 2017  |    

संबिधान कार्यन्वयन नगरी संसोधन संभव छैन :झलनाथ खनाल

प्रकाशित मिति: 2016/09/30

असोज १४, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता  झलनाथ खनालले यथास्थितिमा एमालेले संविधान संशोधन गर्न नदिने बताएका छन् । कार्यान्वयन नगर्दै संशोधन गर्दा संविधान प्रतिगामी हुने उनको तर्क छ ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले सरकारमाथि वाह्य पक्षको दबावमा संविधान संशोधन गर्न लागेको आरोप लगाएका छन् । उनले भने, अहिले संविधान संशोधान होइन, कार्यान्वयनको पक्षमा जानुपर्छ ।
तराई मधेसका जनता संविधान संशोधान चाहन्छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री खनानलले एकाध केही मधेसीहरु असतुष्ट हुनु स्वभाविक भएको बताए । संविधान निर्माण सवैको पक्षको सहमतिमा हुन नसक्ने भन्दै उनले मधेसका वहुसंख्यक जनताले संविधान स्वीकार गरेको दाबी गरे ।

उनले भने, हिमाल, पहाड, तराईलाई समेटर संविधान जारी भएको छ । कसैले भन्दैमा वा चाहँदैमा संशोधन हुने छैन ।
उनले संविधान संशोधानका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग सरकारले कुनै छलफल नगरेको बताए ।
 

 

तपाईंको बिचार