Monday, December 11, 2017

सामाजिक सञ्जाल प्रयोग गर्दा होस गर्नुस, जथाभावी लेखे कारबाहीमा परिएला

प्रकाशित मिति: 2016/09/30

असोज १४, काठमाडौं । प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ ।
‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, संस्थाको इज्जत, प्रतिष्ठामा आँच र्पुयाउने खालका कमेन्ट कोही कसैबाट  नगर्न नगराउन हुन अनुरोध गर्छौं’ अपराध अनुसन्धान विभागले भनेको छ ।

यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।

 

तपाईंको बिचार