Tuesday, June 27, 2017  |    

आजबाट नयाँ नोट वितरण

प्रकाशित मिति: 2016/10/02

असोज १६, काठमाडौं । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण सुरु गरेको छ। नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ।

जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टको व्यवस्था गरिएको छ। यसैगरी, तोक आदेश लिएर नयाँ नोट साट्न आउनेलाई पनि छुट्टै काउन्टर राखिएको छ। सर्वसाधारणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन जनाएको छ ।

विभागले लाइन बसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्ने छ। ुसर्वसाधारणलाई सहज होस भनेर कुपन वितरणको व्यवस्था गरिएको छ ।

अघिल्लो सालभन्दा यसपालि सर्वसाधारणलाई बढी नयाँ नोट वितरण हुने भएको छ । एकजना लाइनमा बसेर नयाँ नोट लगेपछि छरछिमेकीलाई पनि पुगोस भन्ने उद्देश्यले बढी वितरण गरिने भएको हो ।

केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई भने २ अर्बका नयाँ नोट दिइसकेको छ। असोज ९ गतेदेखि ३ दिनसम्म वाणिज्य बैंकलाई, १–१ दिन विकास बैंक र वित्त कम्पनीलाई र १ दिन केन्द्रीय कार्यालय उपत्यका बाहिर भएका तर शाखा कार्यालय उपत्याकाभित्र भएका तथा छुटफुटलाई वितरण गरेको थियो। सर्वसाधारणले ती संस्थाबाट पनि नयाँ नोट साट्न सक्नेछन्।

 

तपाईंको बिचार