Thursday, March 23, 2017  |    

दशैमा १ सय वटा सरकारी बस चलाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: 2016/10/02

असोज १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाबाहिर सय वटा सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।
दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमुख शहरहरु र जिल्ला सदरमुकामसम्म सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
प्रचण्डले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

 

तपाईंको बिचार