Monday, December 11, 2017

मुख्य तिन दल मिलेर अघि बढ्नु पर्छ :सिटौला

प्रकाशित मिति: 2016/10/03

असोज १७, बिराटनगर । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एक हुनुको विकल्प समेत नरहेको बताएका छन् ।
स्थानीय तह पुनःर्संरचनाबारे विपक्षी एमाले र सत्तारुढ कांग्रेस तथा माओवादी एक ठाउँमा आएको भन्दै उनले संविधान कार्यान्वयनमा समस्या नहुने विश्वास व्यक्त गरे ।
बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता सिटौलाले कार्तिक महिनाभित्र मिति घोषणा गरेर चैतभित्र चुनाव सम्पन्न गर्नु पर्ने अहिलको आवश्यकता भएको बताए ।
नेता सिटौलाले संविधान संशोधानमा पनि एमालेलाई साथमा लिएर अगाडी वढ्नु पर्नेमा जोड दिए । एमालेलाई विश्वासमा लिएको खण्डमा मात्रै संविधान कार्यान्वयन हुने उनले बताए ।

 

तपाईंको बिचार