Sunday, December 17, 2017

अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो

प्रकाशित मिति: 2016/10/04

असोज १२, काठमाडौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९ बजेर ४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।
यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १० बजेर ४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।

 

 

तपाईंको बिचार