Wednesday, September 20, 2017

प्रधानमन्त्री ज्यू संविधान संशोधनको विधेयक किन ल्याउन सक्नु भएन ?

प्रकाशित मिति: 2016/10/04

असोज १८, काठमाडौं । सरकारले संबिधान संसोधन प्रश्ताब ल्याउन नसकेको भन्दै सत्तापक्षकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । संविधान संशोधन प्रस्ताव ल्याउने भनेर प्रधानमन्त्रीले पटकपटक ढाँटेको उनीहरुले आरोप लगाए ।
मंगलबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाली कांग्रेस सांसद रामअयोध्या यादवले संविधान संशोधन प्रस्ताव दशैं अघि नआउनु दुःखद रहेको बताए ।
कहिले भारत भ्रमणअघि, कहिले दशैं अघि भनियो । मधेसको असन्तुष्टि सम्बोधन गर्न दशैंअघि नै संविधान संशोधन प्रस्ताव आउँछ भन्ने थियो, तर आजसम्म पनि नआउनु दुःखद हो । मधेसका जनताले यो सरकार बन्नुको औचित्य सोध्न थालेका छन् ।

उनले चाँडै संविधान संशोधन प्रस्ताव आउनुपर्ने भन्दै प्रदेश सीमांकनको टुंगो नलागेसम्म निर्वाचनमा जान अप्ठेरो हुने बताए ।
कांग्रेस सांसद यादवले तलब भत्ता बृद्धि गरिएको खोइ भन्दै साउनदेखिकै बढेको भुक्तानी पाउनुपर्ने माग पनि गरे ।
बैठकमा सरकारलाई समर्थन गरेको मधेसी मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका इकवाल अहमद साहले मधेसी मोर्चासँग कांग्रेस माओवादीले गरेको ३ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले विलम्ब गर्नुको कारण केहो भनि प्रश्न गरे ।
उनले भने, प्रधानमन्त्री बोल्दा जे पनि बोल्ने उदार हुनुहुन्छ । तर आफूले बोलेको कुरा पूरा गर्न सक्नुभएन । संविधान संशोधनको विधेयक किन ल्याउन सक्नु भएन, अब यसको जवाफ चाहियो ।

 

 

तपाईंको बिचार