Thursday, September 21, 2017

सुनको मूल्य ह्वात्तै घट्यो

प्रकाशित मिति: 2016/10/05

असोज १९, काठमाडौं । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । आज छापावाल तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ ।
सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो सातामा सुनको मूल्य घट्ने क्रम जारी छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

तपाईंको बिचार