Saturday, April 29, 2017  |    

नियुक्ति पुनरावलोकनका लागि लोकमानको घरमा सर्वोच्चले म्याद टाँस्ने

प्रकाशित मिति: 2016/10/05

असोज १९, काठमाडौं । सर्वोच्च अदालतको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद सुचना टाँस्ने भएको छ ।
कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए ।
अब उनलाई सुचित गर्न उनको नयाँबानेश्वरस्थीत घरमै म्याद टाँस्ने निर्णय भएको छ ।
सूचना टास्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्वन्धित वडा सचिवको रोहबरमा मुचुल्का उठाइनेछ । यसले म्याद कार्कीले बुझे सरह हुने अदालतले जनाएको छ ।
 

 

तपाईंको बिचार