Saturday, June 24, 2017  |    

प्रबुद्ध समूहको बैठक आज सकिंदै, ठोस परिणाम आउन सकेन

प्रकाशित मिति: 2016/10/05

आश्विन १९, काठमाण्डौ । सन् १९५० को शान्ति तथा मैत्री सन्धी, नेपालको पारवहन अधिकार र दुई देश बीचको साँस्कृतिक तथा सामाजिक सम्बन्धको बारेमा विस्तृतमा छलफल गर्दै नेपाल भारत प्रबुद्ध समूहको दुई दिने बैठक बुधबार सकिंदैछ ।
वुधबारको दोस्रो वैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य बीसी उप्रेतीले दुई देशको बीचमा सदीयौंदेखि कायम रहेको सामाजिक तथा साँस्कृतिक सम्वन्धको वारेमा कार्यपत्र प्रस्तुत गरेका छन् जसमा छलफल चलिरहेको छ । आज उप्रेतीको प्रस्तुतिमा सामान्य छलफलपछि वैठक सम्पन्न हुने छ ।
मंगलबारको वैठकमा नेपालले पहिलोपटक सन् १९५०को सन्धीमा नेपालले चाहेको संशोधनको प्रावधानहरुका बारेमा भारतीय पक्षलाई जानकारी गराएको थियो । भारतीय पक्षले त्यसलाई सकारात्मक रुपमा लिदै आगामी दिनमा निरन्तर छलफल गर्दै जाने वातावरण बनेको वताएको थियो  ।

समूहका एक सदस्यका अनुसार लामो समयदेखि चर्चामा रहेको तर दुई देशको विचमा राम्रोसँग छलफल नभएको सन् १९५०को सन्धीको बारेमा कम्तीमा बहस र छलफलको आधार बनेको छ ।
बैठकमा नेपाली प्रवुद्ध समुहका संयोजक भेषवहादुर थापाले सो सन्धीका कतिपय प्रावधान कामै नलाग्ने भएको र कतिपयमा संशोधनको आवश्यकता भएको जानकारी गराएका थिए । सो सन्धीको संशोधनको वारेमा भारतीय पक्षले पनि निकै चासो लिएको र नेपालको विषयहरुलाई सकारात्मक रुपमा लिएको एक सदस्यले जानकारी दिए ।

भारतीय प्रबुद्ध समूहका सदस्य महेन्द्र पी लामाले नेपाल र भारतको विचमा रहेको पारवहन अधिकार र आगामी दिनमा त्यसलाई अझ कसरी सुदृढ बनाउने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  

 

 

तपाईंको बिचार