Monday, October 23, 2017

पृथ्वी राजमार्ग अझै खुलेन

प्रकाशित मिति: 2016/10/05

आश्विन १९, धादिङ । लगातारको वर्षापछि खसेको पहिरोले अवरुद्व पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
मुग्लिन–आँबुखैरनी सडक खण्डको आँबुखैरनी ७ मा खसेको पहिरोले विहानैदेखि सडक अवरुद्व बनेको हो । दसैंका लागि घर हिडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक लगायत पहिरोका कारण बाटोमा नै रोकिएका छन । डोजर मगाएर आँबुखैरनी तर्फबाट सडक खुलाउन थालिएको प्रहरीले जनाएको छ । नयाँ शक्ति पार्टीले गोरखामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन हिडेका पूर्व–प्रधानमन्त्री बावुराम भट्टराई पहिरोका कारण बाटोबाटै काठमाडौं फर्किएका छन । चियापानमा सहभागीलाई टेलिफोनबाट सम्बोधन गरेर दाहाल राजधानी पर्किएका हुन ।

 

तपाईंको बिचार