Monday, April 24, 2017  |    

स्थानीय चुनावलाई प्राथमिकता दिनुस :गृहमन्त्री निधी

प्रकाशित मिति: 2016/10/06

असोज २०, काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधीले संविधान संशोधन गरेर तीन तहको चुनाव गराउने अहिलेको सरकारको दायित्व भएको भन्दै सरकारको प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६१औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी हेडक्वार्टर नक्सालमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री निधीले प्रहरीले लामो इतिहासमा बिभिन्न आरोह अवरोह पार गर्दा जनताको विश्वास जितेको बताए । लोकतान्त्रिक संविधान जारी भएको अवस्थामा अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्ने जिम्मेबारी बोकेकाले प्रहरी संगठनले त्यसलाई प्राथमिकतामा राख्न गृहमन्त्रीले अनुरोध गरे ।
गृहमन्त्री निधीले कर्तव्य पालनाको शिलशिलामा सहीद भएका प्रहरीको आश्रति परिवारलाई उचित सहयोग गर्न जरुरी रहेको बताए ।  

उनले आफु नेपाल प्रहरीको साथमा रहेको उल्लेख गर्दै संविधानले तोकेको र सरकारको निर्देशन अनुसार काम गर्न पनि आग्रह गरे ।
यसैबिच
प्रहरी दिवसको अवसरमा आयोजित बिशेष समारोहमा बोल्दै नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनलाई भौतिक संरचनामात्रै नभएर गृहमन्त्रालय र सरकारले अविभावकत्व पनि दिन सक्नुपर्ने धारणा व्यक्त गरे ।
सहीद परिवारबारे गृहमन्त्रीको निर्देशनको जवाफ दिँदै आइजीपी अर्यालले बिभिन्न कालखण्डमा प्रहरी सेवामा रहेर ज्यान गुमाउने प्रहरीका आश्रित परिवारलाई साथ दिन नेपाल प्रहरीको संगठन प्रमुखको हैसियतले सधै अडिग रहने बताए ।

 

 

तपाईंको बिचार