Wednesday, September 20, 2017

फाल्गुनन्द मार्ग चीन जोड्ने सडक चाँडै सम्पन्न गर्ने प्रधानमन्त्रीको भनाई

प्रकाशित मिति: 2016/10/06

असोज २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको दमकदेखि ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सम्पन्न गरिने बताएका छन ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले चीनसँग जोड्ने उक्त सडक छिट्टै निर्माण गर्ने काममा आफूले पहल गर्ने बताएका हुन्  ।
प्रधानमन्त्री दाहालले उक्त सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले यसको विशेष महत्व भएको बताए ।

प्रधानमन्त्रीले उक्त सडकलाई थप वजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने बताए ।

उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्व मन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका थिए ।

 

तपाईंको बिचार