Tuesday, August 22, 2017

निर्वाचन आयुक्त इला शर्मा भारतीयसँग प्रेममा परिन

प्रकाशित मिति: 2016/10/06

असोज २०, काठमाडौं । निर्वाचन आयोगकी आयुक्त इला शर्माको बिहे भारतीय निर्वाचन आयोगका पूर्वआयुक्तसँग   निश्चित भएको छ ।
भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीसँग प्रेम सम्बन्धमा रहेकी शर्माको बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन एक्सप्रेसले पुष्टिका साथ प्रकाशन गरेका छन् ।
एक वर्षअघि निर्वाचन आयोगसबन्धी अन्तर्राष्ट्रिय सेमिनारका क्रममा मेक्सिकोमा भेट भएका शर्मा र कुरेसीबीच त्यहीँबाट प्रेमको सिलसिला शुरु भएको भारतीय पत्रिकाले खुलासा गरेका छन् ।
उनीहरुबीचको प्रेम सम्बन्धको औपचारिक विवाह यसैसाता हुने दाबीसमेत रिपोर्टहरुमा गरिएको छ । कुरेसी ६९ वर्षका हुन् भने इला शर्मा ४९ वर्षकी ।
राजनीति र पैसा विषयक गोष्ठीमा भाग लिन गएका  बखत सन् २०१५ को सेप्टेम्बरमा मेक्सीकोमा यो जोडीको पहिलो भेट भएको थियो । यसबीचमा बिहे गर्ने भनिए पनि दुईपटक नै विभिन्न कारणले रोकिएको कुरेसीले बताएका छन् ।
कुरेसी आफ्नी पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल थिए भने इला शर्माका पति नवराज पौडेल माओवादीको आक्रमणमा परी जाजरकोटको पाँचकटियामा १५ वर्षअघि मारिएका थिए ।  

 

तपाईंको बिचार