Tuesday, June 27, 2017  |    

बस पल्टियो, ५० घाइते

प्रकाशित मिति: 2016/10/06

आश्विन २०, तनहुँ । डुम्रे बजारबाट दमौलीतर्फ आइरहेको यात्रु बस सडक छेउको खेतमा पल्टिँदा ५० जना घाइते भएका छन् ।
ग १ ख ४१५३ नम्बरको बस व्यास–१, अम्रेनीमा पल्टिएको हो । बसमा सवार सबै सामान्य घाइते भएका प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । बस तीव्र गतिमा रहेकोले अनियन्त्रित भइ पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घाइतेहरुको जिल्ला सदरमुकामस्थित दमौली अस्पताल, रत्नहरी मेमोरियल अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको छ ।  

 

तपाईंको बिचार