Friday, November 24, 2017

दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट सुरु गर्ने

प्रकाशित मिति: 2016/10/06

असोज २०, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने प्रक्रिया आरम्भ गरेको छ । प्राधिकरणले विहिबार दुईवटा ध्रुबीय स्लटका स्याटेलाइट राख्नेगरी ग्लोबल टेन्डर आह्वान गरेको हो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय टेन्डर जारी गरेसँगै उक्त प्रक्रिया सुरु भएको हो । स्याटेलाइट हुनुपर्ने आवाज उठ्दै आएपनि प्राथमिकतामा पार्न सकेको थिएन । प्राधिकरणले टेन्डर आव्हान गरेसँगै प्रक्रिया सुरु भएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।
प्राधिकरणबाट योग्य र इ्च्छुक फर्महरुबाट अन्तर्राष्ट्रिय प्रस्ताव आव्हान गरेको छ । अन्तर्राष्ट्रिय रेडियो नियमक संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटियु)ले निर्धारण गरेको पोजिसन अनुसार स्लट राख्नेगरी प्राधिकरणले योजना अगाडि बढाएको उनले बताए ।

सयुक्त राष्ट्र संघीय सूचना तथा सञ्चार संसथा आइटियुले नेपालको लागि स्याटलाइटको पोजिसन पूर्वी देशान्तरमा दुइवटा पोजिसनका स्लट आइटियुले नेपाललाई उपलब्ध गराएको छ ।  

तपाईंको बिचार