Sunday, November 19, 2017

कोटेश्वरमा गाडीमाथी तोडफोड

प्रकाशित मिति: 2016/10/07

असोज २१, काठमाडौं । दशैंका यात्रुहरु घर लैजान तयारी गरिरहेको अवस्थामा कोटेश्वरमा शुक्रबार दिउँसो एउटा गाडीमाथि अज्ञात व्यक्तिले तोडफोड गरेका छन् ।

तीन दिन अघिमात्रै काभ्रेको कोशीपारीका यात्रुहरु बोक्न थालेको ना १ ज ६२९० नम्बरको गाडीमा कोटेश्वरको भाटभटेनी नजिकै रोकी राखेको अवस्थामा तोडफोड भएको हो । दुई व्यक्तिले तोडफोड गरेर भागेको गाडीका चालक सुवर्ण लामाले बताए ।
हेलमेट बोकेर आएका दुई व्यक्तिले अगाडि र पछाडिको सिसा फुटाएर भागेको उनले बताए । तोडफोडको घटना दिउँसो १ बजे भएको हो जतिबेला घटनास्थल छेउछाउ ट्राफिक प्रहरीहरु तैनाथ थिए । तोडफोड गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको भए पनि फेला पारेको छैन ।

सुनकोशी पूर्व यातायात प्रालिले काभ्रेको बिर्ता देउरालीका लागि तीन दिन अघिमात्रै अरनिको राजमार्गमा १३ वटा गाडी चलाउन थालेको छ । राजमार्गमा गाडी सञ्चालन गरेपछि अरनिको यातायात समितिले धम्क्याएको र यो आक्रमण पनि उनीहरुबाटै परिचालत व्यक्तिले गरेको हुन सक्ने सुनकोशी पूर्व यातायात समितिका पदाधिकारीले बताएका छन ।
 

 

 

तपाईंको बिचार