Monday, October 23, 2017

निर्माणाधिन गौरा पार्वती सामुदायिक हस्पिटलद्वारा चियापानको आयोजना

प्रकाशित मिति: 2016/10/18

काठमाडौं, २ कार्तिक । गत शनिबार गौरा पार्वती सामुदायिक हस्पिटल तारुकाले हस्पिटल निर्माणाधिन स्थल चौतारागाँउमा दशै तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता, समाजसेवी, तारुकामा स्थापित विभिन्न क्लव, संस्थाका प्रतिनिधि, लगायत स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

चियापान कार्यक्रममा बोल्दै हस्पिटलका बरिष्ठ उपाध्यक्ष शिव अधिकारीले राजनीतिक तिक्ततालाई अन्त गर्न र तारुकाका स्थानीयलाई सामाजिक कार्यमा उत्प्रेरणा प्रदान गर्न चियापान कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले तारुकामा आगामी दुई महिना भित्र हस्पिटल पूर्ण रुपमा तयार भई सक्ने बताउनुभयो । सम्पूर्ण तारुकाबासीलाई हस्पिटलको तर्फबाट शुभकामना प्रदान गर्दै सहयोगका लागि आह्वान समेत गर्नुभयो ।


समाजसेवी कमल अधिकारी शर्माले आगामी दुई हस्पिटल निर्माण भइसक्ने जानकारी गराउँदै हस्पिट निर्माणको यो कार्यमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोगका लागि समेत तारुकाबासीलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका तारुका गाविस सभापति हरि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका तारुका अध्यक्ष केशव रिमाल, समाजसेवी सरस्वती अधिकारी, श्रीकृष्ण माविका रामकृष्ण अधिकारी, शिक्षक अच्यूतराज ढुङगेल, तारुका स्काउटका अध्यक्ष नविन अधिकारी, डिकोनका सदस्य दिपेश शाक्य, स्थानीयबासी खिलनाथ अधिकारी लगायतले हस्पिटल निर्माणको सफलता र शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका बीच हस्पिटल निर्माणका लागि जग्गा दान गरेको भन्दै स्थानीयबासी र हस्पिटल संचालक समितिले जग्गाधनी रामप्रसाद न्यौपानेलाई विशेष सम्मान समेत प्रदान गरेको थियो । 

तपाईंको बिचार