Wednesday, May 24, 2017  |    

नुवाकोट तारुकामा पञ्चमुखी भगवतीको शक्तिपिठ रहेको भनाई

प्रकाशित मिति: 2016/10/18

काठमाडौं, २ कात्तिक । नुवाकोट जिल्ला तारुका गाविस वडा नं १ चौतारागाँउ राम्चेडाँडामा पञ्चमुखी भगवती संरक्षणको अभावमा ओझेलमा परेको छ । गौरा–पार्वती हस्पिटल निर्माण हुन लागिरहेको सो स्थानमै रहेको देवि भगवतीको आवश्यक संरक्षण र प्रवद्र्धनका लागि आवश्यक सहयोगका लागि स्थानीयले आग्रह गरेका छन् ।

नुवाकोटकै देविघाटमा रहेको जालपादेवि, धादिङको देविथान स्थित कालिकामाता र चौतारागाँउमा रहेकी पञ्चमुखी भगवती तीन दिदी बहिनी भएको किंवदन्ती रहिआएको छ ।  आज भन्दा दुई सय वर्ष अघि गाँउमा विभिन्न पर्व तथा उत्सवहरुमा भोज पकाउदा वारम्बार पोखिने गरेपछि स्थानीयले खोजी गर्न थालेपछि सो स्थानमा पञ्चमुखी शिला भेटिएको थियो । त्यसपछि ज्योतीशास्त्रमा हेराउदा सो स्थानमा देविमाताको शक्तिपिठ रहेको भन्ने कुरा पत्ता लागेको थियो । त्यस देखिनै स्थानीयहरुले सो देविको दर्शन तथा पूजापाठ गर्दै आइरहेका छन् । राती–दिउँसाको १२ देखि १ बजेको समयमा गाई, बाच्छा कराएको आवाज आउने तर सो स्थानमा केही नहुने र केही बेर कराइ सकेको आवाज पछि सुसाएर जाने गरेको स्थानीयबासी बृद्ध टिकादेवि न्यौपानेले जानकारी दिइन् ।

अर्को रातको १२, १ बजेकै आसपासमा देविको थानमा बाघले दर्शन गरेर जाने गरेको पनि स्थानीय वृद्धवृद्धा बताउछन् । जग्गाधनी रामप्रसाद न्यौपानेले आफुले जहिले पनि बिहान एक घण्टा देविको आरधाना गर्दै आइरहेको बताउछन् । उनले यही देविको शक्ति र आर्शिवादले आफ्नो उन्नती, प्रगती र सुखशान्त्ति प्राप्त भएको बताउछन् ।

आवश्यक प्रचार–प्रसार र संरक्षणको अभावमा सो देविथान ओझेलमा परेको छ । अरु त परको कुरा, अधिंकाश तारुकाबासीलाई समेत यस स्थानमा देवि छन भन्ने जानकारी नै छन् । त्यसकारण यसको संरक्षण र प्रवद्र्धन गर्न सके स्वदेशी मात्र नभई विदेशी पर्यटन समेत आकर्षित गर्न सकिने स्थानीयबासी ज्ञानबहादुर अधिकारी बताउछन् ।

तपाईंको बिचार