Thursday, March 23, 2017  |    

महाअभियोग प्रस्ताव सम्बन्धमा माओवादीले कांग्रेससँग छलफल गर्ने

प्रकाशित मिति: 2016/10/20

कात्तिक ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावबारे नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ ।

कांग्रेससँग छलफल नै नगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर माओवादीले महाअभियोग प्रस्ताव दर्ता गराएको थियो ।
कांग्रेससँग प्रर्याप्त छलफल नगरेको आरोप लागिरहेका बेला विहीबार बिहान बसेको माओवादी केन्द्रको हेडक्र्वाटर बैठकले कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।
महाअभियोग प्रस्ताव संसदबाट पारित गराउन कांग्रेससँग छलफल गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले प्रस्ताव पारित गराउन सभामुख ओनसरी घर्तीसँग पनि छलफल गरिने बताइन् ।

महाअभियोग प्रस्ताव संसदबाट पारित हुन दुई तिहाई मत चाहिन्छ । एमाले र माओवादीका १५७ सांसदहरुले बुधबार अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्ता भएसँगै लोकमान स्वतः पदबाट निलम्बित भएका छन् ।

 

तपाईंको बिचार