Wednesday, March 29, 2017  |    

साझाले कार्तिकभित्रै काठमाडौंमा थप ३० बस सञ्चालन गर्ने

प्रकाशित मिति: 2016/10/20

कार्तिक ४, २०७३ साझा यातायात प्रालिले आगामी दुई साताभित्र काठमाडौं उपत्यकामा थप तीस बस सञ्चालनमा ल्याउने भएको छ । 

काठमाडौं महानगरपालिकाको १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको हो । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायत कारण बस सञ्चालनमा ढिलाई भएको हो । सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भन्दै तिहार लगत्तै बस सञ्चालनमा आउने साझा यातायातका कायमुकामयम प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलंकीदेखि भक्तपुर, गोदावरी—रत्नपार्क, बालाजुबाट ठमेल हुँदै त्रिभुवन विमानस्थलसम्म सञ्चालन हुनेछन् । यसैबीच, साझाले काठमाडौं उपत्यका बाहिर समेत नियमित रुपमा बस सञ्चालन गर्ने भएको छ । दशैंलाई लक्षित गरी साझाले गत असोज १६ गतेबाट गोरखा, बागलुङ, वीरगञ्ज, भैरहवा र लुम्बिनीमा ८ वटा बस सञ्चालन गर्दै आएको छ । थप स्थान सहित उपत्यकाबाहिर बस सञ्चालन गर्न रुट अनुमतिबारे छलफल भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार