Thursday, March 30, 2017  |    

सभामुख घर्तीको जेनेभा भ्रमण स्थगित

प्रकाशित मिति: 2016/10/20

कात्तिक ४, काठमाडौं । सभामुख ओनसरी घर्तीको जेनेभा भ्रमण स्थगित भएको छ । अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो ।

अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित गरेकी हुन् ।
नेताहरुबीच छलफल आवश्यक रहेको भन्दै विहीबार बस्ने भनिएको संसद बैठकसमेत बस्दै नबसी स्थगित भएको छ । विहीबारको बैठकमा कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी थियो ।
  

तपाईंको बिचार