Monday, May 1, 2017  |    

बम विष्फोटका मुख्य योजनाकार गएराति पक्राऊ

प्रकाशित मिति: 2016/10/21

कात्तिक ५, काठमाडौं । उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सो पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयहरुमा बम विष्फोट गराइएको थियो । घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो । ति क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका भ्रातृ संगठनहरू हुन् । बम विष्फोटलगत्तै मिन देवकोटाले घटनाको जिम्मा लिएका थिए ।

अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले दाहाल र देवकोटालाई काभ्रेस्थित एक घरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

तपाईंको बिचार