Saturday, April 29, 2017  |    

महाअभियोग सम्बन्धमा पार्टीले कारबाही गरे भोग्न तयार छु :उर्जामन्त्री शर्मा

प्रकाशित मिति: 2016/10/21

कात्तिक ५, काठमाडौं । माओवादी केन्द्रका नेता एवं उर्जामन्त्री जनार्दन शर्मामाथि आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ । 

विहीबारको बैठकमा लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा प्रयोग भएको हस्ताक्षर शर्माले दुरुपयोग गरेको भन्दै केही सांसदहरुले उनीमाथि कारवाहीको माग गरेका थिए ।
यद्यपी मन्त्री शर्माले भने कतिपय कामहरु सांकेतिक रुपमा गर्नुपर्ने भएकाले केही सांसदहरुमा कन्फ्युजन हुनु स्वाभाविकै भएको बताए । हतारमा काम गर्नुपरेकाले केही सांसदहरुलाई कन्फ्युजन भएको र कतिपय सांसदहरु हस्ताक्षरबारे विस्तृतमा स्पष्ट नभएको हुनसक्ने शर्माले बताए । 
आफ्नो पार्टी लोकमानसिंह कार्कीलाई कारवाही गर्नेबारे स्पष्ट रहेको र पार्टीको निर्णय उनलाई कारवाही गर्नुपर्छ भन्ने रहेको बताउँदै मन्त्री शर्माले आफु पार्टीको इमान्दार सिपाही रहेको र पार्टीले गर्ने हरेक निर्णय र कारबाही स्वीकार गर्ने बताए ।
महाअभियोगको प्रक्रिया अघि बढिसकेकाले अब पार्टी पछाडि फर्किन नसक्ने शर्माको भनाई छ ।  

तपाईंको बिचार