Monday, August 21, 2017  |    

महाअभियोगमा खुट्टा नकमाउन दलहरुलाई १३ बिद्यार्थी संगठनको दबाब

प्रकाशित मिति: 2016/10/21

कात्तिक ५, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित गराउन विद्यार्थी संगठनहरुले दबावमूलक कार्यक्रम गर्ने भएका छन् । 

कांग्रेस निकट नेबिसंघसहित १३ विद्यार्थी संगठनहरुको शुक्रबार बसेको संयुक्त बैठकले दबावमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

दलहरुले खुट्टा नकमाउन् भनेर खबरदारी गर्न लागेको बैठकपछि अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।
नेपाली कांग्रेसले महाअभियोगबारे औपचारिक निर्णय नगरे पनि विद्यार्थी संगठनहरुको बैठकमा नेविसंघ महामन्त्री कुन्दन काफ्ले सहभागी थिए । काफ्लेले माउ पार्टीले निर्णय गरे पनि, नगरे पनि लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको पक्षमा नेविसंघ रहेको बताए ।
 

तपाईंको बिचार