Tuesday, June 27, 2017  |    

महाअभियोगको बिपक्षमा मधेशी मोर्चा

प्रकाशित मिति: 2016/10/21

कात्तिक ५, काठमाडौं । मधेसी मोर्चाका एक नेताले आग्रह र पूर्वाग्रह राखेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।
मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले ईश्र्याको खातिर यो प्रस्ताव आएको भन्दै आफुहरुले यसलाई खासै गम्भिर रुपमा नलिएको बताए ।
यद्यपि महाअभियोग प्रस्तावले अन्तिम रुप लिने बेला मोर्चाले विवेकपूर्ण निर्णय लिने उनले बताए ।
तीन दलका शीर्ष नेताहरुले बन्द कोठाभित्र बसेर पूर्वाग्रह राखेर लोकमानविरुद्ध प्रस्ताव ल्याएको उनले टिप्पणी गरे ।
लोकमानविरुद्धको महाअभियोग मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्नका लागि ल्याइएको समेत आरोप लगाए । महाअभियोग प्रस्ताव समिति गठन गर्दा समेत प्रमुख तीन दलले दादागिरी देखाएको उनको आरोप थियो ।

 

तपाईंको बिचार