Friday, June 23, 2017  |    

महाअभियोगबारे कांग्रेस केन्द्रिय समिति बैठक अनिर्णित, एमालेको चर्को आलोचना

प्रकाशित मिति: 2016/10/25

कात्तिक ९, काठमाडौं । नेपाली कांग्रेस अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे मतदानको समयमा खुल्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कुनै ठोस धारणा तय गरेन । बैठकमा गगन थापा, प्रदिप पौडेलसहितका नेताहरुले महाअभियोगको पक्षमा उभिन दबाव दिएका थिए । तर, धेरै नेताहरु महाअभियोगको पक्षमा उभिएनन् । केहीले यसलाई एमालेको षडयन्त्र भने भने धेरैले आवेगमा निर्णय गर्न नहुने मत राखेका थिए ।
मंगलबार बैठकको समापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लोकमानको चर्को ओलाचना गरे । तर, एमालेले आफूसँग छलफल नै नगरी अनायाशै प्रस्ताव ल्याएको भन्दै उनले आक्रोश पोखे ।

देउवाले यसमा बृहत छलफल आवश्यक रहेको र लोकमानमाथि लागेको अभियोग प्रमाणित हुनुपर्ने भन्दै कुनै निर्णय गराएनन् । नेताहरुले संसदीय दलमा छलफल गराउन माग गरेपछि त्यसमा केही भएको छैन । बैठकको निर्णयमा यसबारे के लेख्ने टुंगो लागेको छैन ।
 

 

तपाईंको बिचार