Monday, December 11, 2017

गगनको प्रश्न: लोकमानलाई नियुक्त गर्दा हामी कोसँग हारेको ?

प्रकाशित मिति: 2016/10/25

असोज ९, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताएका छन् ।
कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै थापाले आफ्नो पार्टीमा कुनै हालतमा यस्तो गल्ती गर्नु हुन्न भन्दा भन्दै नियुक्ति भएको स्मरण गरे । त्यसबेला आफूसहितका नेताहरुले तत्कालीन सभापति र राष्ट्रपतिले हामी र्हायौं भनेको भन्दै उनले हामी को सँगै हारेको भनि प्रश्न गरे ।
यो लोकमान सिंह कार्कीसँग जोडिएको विषय मात्र नभई स्वाभिमानसँग जोडिएको उनले बताए ।
जबसम्म हामीले कोसँग हारेको छाति पिटेर भन्न सकिदैन तबसम्म जति संविधान बनाएपनि केही नहुने उनको भनाई थियो ।
 

 

तपाईंको बिचार