Saturday, June 24, 2017  |    

अख्तियार अब सामूहिक निर्णयबाट चल्ने

प्रकाशित मिति: 2016/10/27

कात्तिक ११, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अब सामूहिक निर्णयबाट चल्ने भएको छ ।

हाल निलम्बनमा रहेका प्रमुख लोकमान सिंह कार्कीले पाँच जना आयुक्तलाई भूमिकाविहीन बनाउँदै एकलौटी निर्णय गर्ने गरेका थिए । यतिसम्म कि ठूला र महत्वपूर्ण भनिएका मुद्दामा आयुक्तहरुले आयोगको निर्णय पत्रकार सम्मेलन भएपछि सञ्चार माध्यम हेरेर मात्र थाहा पाउने गरेको बताएका थिए ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की हाल निलम्बनमा छन् र दीप बस्न्यात कार्यबाहक प्रमुख छन् ।
बस्न्यातको अध्यक्षतामा बसेको हालैको बैठकले अख्तियारको कामकारबाही सामूहिक निर्णयका आधारमा गर्ने निर्णय गरेको छ । यसका लागि सातामा दुई दिन बैठक बस्नेछ ।  
यद्यपि कुनै आकस्मिक कदम चाल्नु परेमा भने आयोगको बैठक आकस्मिक रुपमा बस्न सक्नेछ ।

 

तपाईंको बिचार