Sunday, June 25, 2017  |    

भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सार्बजनिक विदा दिने सरकारको निर्णय

प्रकाशित मिति: 2016/10/27

कात्र्तिक ११, काठमाडौं । भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । 
विहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी देशका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लागिसकेको छैन ।
यसैगरी मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक समितिको अध्यक्षमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै थानकोट चित्लाङ गणेशमान मार्गको स्तरोन्नती गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।
 

तपाईंको बिचार