Sunday, March 26, 2017  |    

महाअभियोग पास गराउन कांग्रेसले साथ दिनेमा बिश्वस्त छौ :ज्ञावली

प्रकाशित मिति: 2016/10/27

कार्तिक ११, काठमाण्डौ । एमाले सचिव प्रदिप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसले समर्थन जनाउने विश्वास व्यक्त गर्नुभएको छ । 

काभ्रेमा आज आयोजित एक कार्यक्रममा ज्ञवालीले भन्नुभयो– कंग्रेस एउटा व्यक्तिको समर्थनमा नलाग्ला, महाभियोग प्रस्तावमा सही समयमा सही निर्णय गर्ने विश्वास लिएका छौं । कार्कीले लोकतन्त्रलाई नै चुनौती दिने र प्रधानमन्त्रीलाई व्यक्तिगत रिसिईबी साधेर समानान्तर सत्ता सञ्चालन गर्न खोजेको ज्ञवालीको भनाई थियो । अर्को प्रसंगमा उहाँले राज्य पुनर्संरचनाको बिषय टुंगो लाग्नै लाग्दा सरकारले मापदण्ड फेरेकोले चैतसम्म स्थानीय निकायको निर्वाचन सम्भव नभएको उल्लेख गर्नुभयो । संविधान कार्यन्वयन गर्न नदिन विभिन्न शक्तिहरु चलखेलमा लागेको ज्ञवालीको आरोप छ । 
 

तपाईंको बिचार