Wednesday, June 28, 2017  |    

तिहारको आज पहिलो दिन, बाठो पंक्षि कागको पुजा गरी मनाईदै

प्रकाशित मिति: 2016/10/28

कार्तिक १२, काठमाडौं । आजदेखि नेपालीहरुले धुमधामका साथ मनाउने तिहार सुरु भएको छ। कागलाई पूजा गर्दै तिहारको पहिलो दिन मनाइन्छ। मानवजाति र कागबीच विगतदेखि नै अनौठो प्रकारको सम्बन्ध छ। मानिसहरु कागलाई मृत्युको वा खराब कुराको संकेतको रुपमा पनि हेर्छन्। सायद कागको कालो रंग यसको कारण हुनसक्छ। कागलाई एक बाठो पंक्षिको रुपमा पनि मानिन्छ ।

 

तपाईंको बिचार