Friday, June 23, 2017  |    

तारुकामा बृहत सांस्कृतिक कार्यक्रम, हस्पिटल निर्माणका लागि आएका विदेशी टोलीको भव्य स्वागत

प्रकाशित मिति: 2016/10/30

काठमाडौं, १४ कात्तिक । तिहारको अवसर एवं तारुकामा निर्माणधिन गौरा पार्वती हस्पिटल निर्माणका लागि स्विजरल्याण्डबाट आएका पाहुनालाई स्वागत गर्न शनिबार नुवाकोटको तारुकामा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । तारुकामा क्रियाशिल आठ बटा क्लवहरुको संयूत्तः आयोजनामा गरिएको उक्त सांस्कृतिक कार्यक्रममा तारुकाबासीको ठुलो सहभागिता रहेको थियो ।

संस्कृति कार्यक्रम अन्तर्गत खुला नृत्य प्रतियोगितामा २१ जनाले सहभागिता जनाएका थिए । जसमा  सरिता दाङकोटी प्रथम, रश्मि प्रधान द्वितिय र सर्मिला ढकाल तृतीय भएकी थिइन । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीयलाई बरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्सालले क्रमश नगद ३ हजार, २५ सय र २ हजार  रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको थियो ।  

कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिब अधिकारीले तारुकाको विकाससँगै विभिन्न प्रतिभाहरुको खोजी गर्ने क्रममा यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले तारुकाको विकासका लागि पनि तारुकाबासी यसै गरि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।  हस्पिटल निर्माणका लागि आएका बर्नहार्ट बुलरको टिम र मोहन लम्साललाई तारुकाको विकासमा देखाएको सदासयता प्रति हार्दिक आभार समेत प्रकट गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्सालले अझै पनि तारुकामा भूकम्पका कारण ध्वस्त भएका विद्यालयहरु्को पुर्ननिर्माण गर्न बाँकी रहेको भन्दै त्यसमा आफु लागि रहेको बताउनुभयो । उहाँले क्रमिश रुपमा तारुकाको विकास गर्ने तयारीमा काम गरिरहेको पनि जनाउनुभयो ।

आठ बटा क्लवले संयूत्तरुपमा आयोजना गरेको उत्तः कार्यक्रमको सभापत्वि दलित श्रोता सन्देश क्ल्वका अध्यक्ष श्याम अछामीले गर्नुभएको थियो ।

 

तपाईंको बिचार