Thursday, March 23, 2017  |    

आज मुखर्जी भ्रमणले काठमाडौंको कुन रुटमा कति समय सवारी अवरुद्ध हुने

प्रकाशित मिति: 2016/11/03

कार्तिक १८, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई सुरक्षित र सहज बनाउन आज दोस्रो दिन आज राजधानीका विभिन्न सडक रुटहरु प्रभावित हुने छन्  ।

– बिहान ९ बजेदेखि ११ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रसम्मको सडक खाली गरिने छ ।

– बिहान पौने १० बजेदेखि दिउँसो पौने २ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रमा सवारी चलाउन रोक लगाइएको जनाएको छ ।

– दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रमा गाडी चलाउन पाइने छैन ।

– साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म: सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रको को सडक खाली गरिने छ ।

– साँझसाढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रसम्मको सडक खाली गरिने छ ।

– बेलुकी पौने ८ बजेदेखि पौने १० बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट,बत्तिस पुतली क्षेत्रमा सवारी चलाउन रोक लगाइएको जनाएको छ ।

तपाईंको बिचार