Saturday, June 24, 2017  |    

काठमाडौंको बसपार्कमा भ्यू टावर बन्न नदिन राजनीतिक दलकै अबरोध

प्रकाशित मिति: 2016/11/03

कात्तिक १८, काठमाडौं । राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको छ ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानको नेतृत्वमा राजनीतिक दलले अवरोध गरेपछि ठेकेदार कम्पनीले भ्यु टावर निर्माणको काम अघि बढाउन सकेको छैन । भ्यु टावर निर्माणका लागि निर्माण कम्पनीले काठमाडौं महानगरपालिकाबाट साउनमै कार्यादेश लिइसके पनि काम अघि बढाउन नसकेको महानगरपालिकाका प्रवक्ताले बताए ।

भ्यू टावर निर्माणको काम अघि बढ्न नसक्नुमा राजनीतिक दल र स्थानीय बासिन्दाको अवरोध कारण देखिन्छ । निर्माण कम्पनीको पनि केही कमजोरी रहेको छ ।

तपाईंको बिचार