Thursday, October 19, 2017

भारतीय राष्ट्रपतिको स्वागतका लागि बनाइएको गेटमा तोडफोड

प्रकाशित मिति: 2016/11/03


कार्तिक १८, पोखरा । नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि बनाइएको स्वागत द्वार (गेट) कास्कीको पोखरामा तोडफोड भएको छ ।

मुखर्जीको स्वागतार्थ पोखराको इन्द्रचोक नजिकै बनाइएको स्वागत द्वार बुधबार राति अज्ञात समूहले गेट तोडफोड गरेको बताइएको छ ।

मुखर्जीले शुक्रबार पोखराको भ्रमण गर्ने तालिका रहेको छ । उनलाई ‘पोखरामा स्वागत छ’ भनेर लेखिएको फ्लेक्स र तस्विर च्यातिएको छ । यद्यपी, हाल उक्त च्यातिएको फ्लेक्स निकालेर नयाँ राखिएको छ ।

तपाईंको बिचार